भएन विमानस्थलको चित्तबुझ्दो सुधार
काठमाडाैं | माघ २२, २०७९
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ । शनिबार विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल अनुगमनका क्रममा उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको बताउनुभयो।
उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा सुधारका काम देखिए पनि चित्तबुझ्दो सुधार भएको देखिएको छैन।” माघ पहिलो साता अनुगमनका क्रममा विमानस्थलका शौचालय र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएका मन्त्री किराँतीले यसअघिको निर्देशन गरिएका कुरा चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको बताउनुभयो।
यात्रुको सहजताका लागि थुपै्र सुधारका काम बाँकी रहेकाले सर्वसाधारणले अनुभूति गर्ने गरी तत्काल सुधारका काममा ध्यान दिन उहाँले निर्देशन दिनुभयो। विमानस्थलमा रहेका ट्रलीहरूमा ब्रेक नभएको भन्दै तत्काल सुधार गर्न उहाँले थप निर्देशन दिनुभयो।
यसअघिको अनुगमनका क्रममा मन्त्री किराँतीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष, लिफ्ट, स्केलेटर र इलिभेटरको अनुगमन गर्नुभएको थियो।
विमानस्थलमा आगमनतर्फ अहिले तीनवटा लिफ्ट, एउटा स्केलेटर र एउटा इलिभेटर छ। डिजाइनमै त्रुटि देखिएको स्केलेटरमा हाल ट्रली लान निषेध गरिएको छ। उहाँको निर्देशनलाई ध्यानमा राख्दै आगमन कक्ष व्यवस्थापनको जिम्मा लिएको आईएमएस एयरपोर्ट सर्भिसेजले लिफ्ट थप्ने र यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउने प्रतिबद्धता जनाएको छ।
कम्पनीले केही दिनअघि विज्ञप्तिमार्फत १० जना यात्रु क्षमताको नयाँ एलिभेटर थप्न लागेको जनाएको छ। त्यस्तै ट्राभलेटरलाई सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रली खरिद गरेर उपलब्ध गराउँदै आएको र व्यवस्थापनमा पनि सहजीकरण गरेको कम्पनीको दाबी छ।
निःशुल्क वाइफाई व्यवस्था गर्न निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले देशभरका ३६ वटा विमानस्थललाई पत्राचार गर्दै आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको जनाएको छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेक...
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

